घरमै पुगेर दोधारा चाँदनीमा सामाजिक सुरक्षा भत्ताको नवीकरण, स्थानियबासी खुशी

दोधारा । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले भदौ मसान्त सम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नु पर्ने प्रावधान छ् । तर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्तिहरु भने वडा तथा पालिकामा पुग्न असहज हुने गरेको छ् । सोही समस्यालाई बुझेर दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले वडाका जनप्रतिनिधि र कर्मचारीको एक टोली भएर लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सुरु गरेका छन् । जनतालाई सहज रुपमा सेवा दिनका लागि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्तिहरु भने वडा तथा पालिकामा पुग्न असहज भएको हुदा उनिहरुको सामाजिक सुरक्षा भत्ता नविकरणको लागी घरमा पुगेको उहाँले बताउनुभएको छ् । अहिले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाट सुरु गरिएको भएपनि अवका दिनहरुमा सबै वडाका घरहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण कार्य अघि बढाईने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

शनिवारको दिनमा समेत हामी यसै अभियानमा लागेको उहाँको भनाई छ् । सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्तिहरुको घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा जनतालाई धेरै राहत भएको स्थानियबासीहरु बताउछन् ।

ताजा समाचार