पप्पु गुरुङ्ग, दोधारा । युनिसेफ नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहकार्यमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई स्वच्छता सामग्री बितरण गरिएको छ् । केही दिन अघि वर्षा संगै जगबुडा नदीको वहाव तिब्र भएर बस्तीमा पसेर दोधारा चाँदनी नगरपालिकाका बिभिन्न वडाहरुका स्थानियहरु प्रभावित बनेका हुन् ।

युनिसेफ नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ पटरा खल्ला, वडा नं. ८ जर्का टोल र वडा नं. १० को शान्ती टोलमा गरि ८५ थान स्व्च्छा सामग्री बितरण गरिएको युनिसेफ नेपालका सामाजिक व्यवहार परिवर्तन प्रमुख अशोक जोशीले प्रति घरपरिवार १ थान त्रिपाल, २ थान झुल, १ थान बाल्टी, १ पिस स्वच्छता सामग्री, १ पिस पानी शुद्धिकरण औषधी लगाएत सामग्री बितरण गरिएको उहाँले बताउनुभएको छ् ।

बाढी आएर नदीको पानी घर भित्र पसेर बिद्यालयमा आश्रय लिएका बाढीपिडितहरुलाई उक्त सामग्री बितरण गरिएको र १ सय १५ थान स्वच्छता सामग्री समुदाय स्तरमा पुगेर बितरण कार्यक्रम रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सामाजिक परिचालिका लक्ष्मी भट्टले बताउनुभयो ।

