मानव बेचबिखन बिरुद्ध राष्ट्रिय दिवसको अवसरमा दोधारा चाँदनीमा बतृत्वकला प्रतियोगिता हुने

दोधारा । दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा बतृत्वकला प्रतियोगिता हुने भएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको एक बैठकले दोधारा चाँदनी नगरपालिकामा १९ औं मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा बतृत्वकला प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा बसेको बैठकले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा माबि स्तरिय बतृत्वकला प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

‘तिनै तहका ससरकार मिली गरौ हातेमालो, मानव बेचबिखनको हटाऔं जालो’ नारा सहित दोधारा चाँदनी नगरपालिका कार्यालयमा सञ्चालन गरिने माबि स्तरिय प्रतियोगितामा प्रथम हुने सहभागीलाई रु. ७ हजार, द्धितिय हुनेलाई रु. ५ हजार र तृतिय हुने सहभागीलाई रु. ३ हजार नगद पुरुस्कार सहित प्रमाण पत्र प्रदान गरिने बताईएको छ् ।

ताजा समाचार