जातिय भेदभाव गरेको आरोपमा दोधारा चाँदनीका चन्द बिरुद्ध प्रहरीमा मुद्धा दर्ता (बिज्ञप्ती सहित)

दोधारा । जातिय भेदभाव गरेको आरोपमा दोधारा चाँदनीका एक महिला माथी मुद्धा दर्ता भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ निवासी वर्ष अन्ताजी २३ का कबिता चन्दलाई सोही वडाका भुपेन्द्र दमाईले जातिय भेदभाव गरेको आरोपमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा किटानी जाहेरी गरेका हुन् । सार्वजनिक स्थलमा कबिता चन्दले नानथरी भन्न तथा लेख्न नमिल्ने डुम, ढोली जस्ता घृणित शव्दहरु प्रयोग गरि समाजमा बस्न नसकिने गरि भुपेन्द्र दमाईलाई जिउने अधिकारलाई कुण्ठित गरि अन्याय गरेकोमा नगर दलित समन्य समिति दोधारा चाँदनीले आपत्ती जनाएको छ् ।

नगर दलित समन्य समिति दोधारा चाँदनीले एक प्रेस बिज्ञप्ती जारी गर्दै न्यायको लागी ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा जाहेर समेत भईसकेको हुदा निज अन्यायीलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन अनुरोध गरेको छ् ।

नगर दलित समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष टिकाराम सार्की, सचिव शोभा कुमारी सुनार र कोषाध्यक्ष कमल सुनारद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा सम्पुर्ण दलित दलित समुदायहरुलाई यस प्रकारको सामाजिक बिभेदका बिरुद्ध एक जुट अनुरोध गरिएको छ् ।

ताजा समाचार