दोधारा चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी सुरु

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा आदर्श रामलिला नाट्य श्रंखलाको तयारी सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा लक्ष्मी माध्यमिक बिद्यालय ब्यवस्थापन समितिले यस वर्ष रामलिला नाट्य श्रंखला संचालन गर्ने तयारीमा जुटेको हो । यस वर्ष लक्ष्मी माध्यमिक बिद्यालय ब्यवस्थापन समितिले रामलिला नाट्य श्रंखलाको आयोजना गर्ने भएको छ् । बिगतका दिनहरुमा पनि लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष संचालन गर्ने तयारीमा लक्ष्मी माध्यमिक बिद्यालय ब्यवस्थापन समिति जुटेको हो ।

अनेकन कठिनाई र चुनौतीको बावजुत परम्परागतरुपमा संचालन हुदै आएको जोगाउनका लागी रामलिला नाट्य श्रंखलाको लागी तयारी सुरु गरिएको रामलिला नाट्य श्रंखलाका कलाकार टंकलाल जोशीले बताउनुभएको छ् । लक्ष्मी माध्यमिक बिद्यालयको अक्षय कोष स्थापनार्थ रामलिला नाट्य श्रंखला सुरु गर्ने तयारी भएको उहाँले बताउनुभयो । यस वर्षको नाट्य श्रंखलाका निर्देशक मोहन थापा रहनुभएको छ भने, सह–निर्देशक शुशिल राना मगर रहनुभएको बताईएको छ् ।

भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् । रामलिला नाट्य श्रंखला संचालनको लागी कलाकारहरुले अभ्यास सुरु गर्दै आएका छन् । लोक संस्कृतीको संरक्षण संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको लागी लक्ष्मी माध्यमिक बिद्यालय ब्यवस्थापन समितिले अपेक्षा राखेको छ् ।

ताजा समाचार