पाँच दिवसीय आवासीय पुनर्ताजगी तालिम सम्पन्न

सुदूरपश्चिमका नौ जिल्लाबाट सहभागिता


कञ्चनपुर : पतञ्जलि योग समिति सुदूरपश्चिम प्रदेशको आयोजना र पतञ्जलि योग समिति कञ्चनपुरको व्यवस्थापनमा सञ्चालित पाँच दिवशीय आवासीय पुनतार्जगी तालिम सम्पन्न भएको छ । पाँच दिवशीय आवासीय पुनतार्जगी तालिममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला बाट सहभागिता रहेका थिए ।

केन्द्रीय प्रमुख प्रभारी लवदेव मिश्रले सहभागिहरुलाई योगका साथै जिवन जिउने पद्दतीको बारेमा प्रशिक्षण दिनु भएको थियो । समापनको अवसरमा विहानै विधिपूर्वक यज्ञको आयोजना गरीएको थियो, साथै सहभागीहरुलाई यो अवधिमा उनीहरुले सिकेका र आगामी दिनमा उनीहरुको योजना बारे प्रशिक्षक मिश्रलाई सुनाएका थिए । पाँच दिवशीय आवासीय पुनतार्जगी तालिममा दिनरात नभनी योग प्रशिक्षणका साथै अध्यात्मक, आवुर्वेदिक, र जिवन जिउने कला सम्बन्धी प्रशिक्षण दिनु भएका केन्द्रीय प्रमुख प्रभारी लवदेव मिश्रले सबैं योग साधकहरुलाई धन्यवाद दिनुको साथै सबै सहभागीहरुले अनुशासनमा रही सबैले उतकृष्ठ कार्य गरेको बताउनु भयो यस बाट आफुलाई योग प्रशिक्षणमा गराउनमा थप हौसला मिलेको र आगामी दिनमा पनि यस प्रकारको प्रशिक्षण दिने मौका मिलेमा आफु सदैव तत्पर रहेको बताउनु भयो ।

भीनपा ४ स्थित भगवन्नामामृत कीर्तन समितिको हलमा भाद्र २ गते देखि ६ गते सम्म सञ्चालन भएको पुनतार्जगी तालिम प्रत्येक दिन विहान ५ बजेदेखि बेलुका ९ बजे सम्म सञ्चालन भएको थियो । पाँच दिन सञ्चालन भएको पुनतार्जगी तालिममा सहभागीहरुले यो तालिम जिवन जिउने पद्धतिको लागि उपयुक्त रहेको र यस प्रकारको तालिम सबैले लिनु पर्ने बताए । लम्की कैलालीबाट सहभागी रहेका रुपलाल न्यौपानेले भने ‘योगले संस्कृति, चालचलन रहन सहनको साथै जिवन जिउने कला पनि सिकाउछ । हेर्दा समान्य लाग्ने योगले शारिरीक समस्या, अध्यात्मक र शान्ती प्राप्त गर्ने सहयोग गर्दछ।’ यस प्रकारको तालिम योगमा लाग्ने सबैका लागि जरुरी र समय मिल्ने सबैले एक पटक सहभागी हुनु पर्ने बताए ।’ त्यसैगरी तालिममा सहभागी रहेका पदम राज भट्टले ‘ म १५ वर्ष देखि योगमा लागे र विभिन्न प्रकारका तालिम र प्रशिक्षणमा सहभागी रहे पनि खासै महत्व बुझेको रहेन छु तर यो पाँच दिने पुनतार्जगी तालिममा प्रशिक्षक लवराज मिश्रबाट योग के हो र कसरी जिउने ? भन्ने कुरा थाहा पाए यो तालिम छुटेको भए जिवनमा धेरै पछुतो हुने रहेछ ।’

समापन्न कार्यक्रममा पुनतार्जगी तालिम अवधिभरी उतकृष्ठ रहेर सहभागिता र सर्वोतम अकं ल्याउने सभागीहरुलाई सम्मान गर्नुको साथै मायाको चिनो पनि दिएको थियो । समापन्न कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रभारी काशीराम भट्टको सभापतित्वमा, केन्द्रीय मुख्य प्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्य रहेको थियो, विशिष्ट अतिथीमा पतञ्जलि योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी रहनु भएको थियो, मन्तव्य सुदूरपश्चिम प्रदेश संयोजक ठम्मन वमले दिनु भएको थियो भने कार्यक्रम संञ्चालन पतञ्जलि योग समिति कञ्चनपुरका उपाध्यक्ष हरि सिह रावलले गर्नु भएको थियो ।


ताजा समाचार

spot_img