चाड पर्वलाई लक्षित गर्दै सार्वजनिक स्थलमा नगर प्रहरीको सरसफाई अभियान

दोधारा । चाड पर्वको अवसरमा दोधारा चाँदनी नगरपालिकाको सार्वजनिक स्थलहरुमा नगर प्रहरीले सरसफाई सुरु गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको शिद्धनाथ मन्दिर हातामा नगर प्रहरीले सरसफाई सम्पन्न गरेको छ् । नेपालीहरुको महान पर्व हरितालिका तिज र गौरालाई लक्षित गरि दोधारा चाँदनी नगरपालिकाको नगर प्रहरीले मठ मन्दिर तथा सार्वजनिक स्थलमा सरसफाई सुरु गरेको हो ।

सरसफाई अभियानमा नगर प्रहरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, स्थानियबासीहरुले सघाउदै आएको नगर प्रहरीले जनाएको छ् ।

बिगत केही महिना देखि सडकका झाडी सरसफाई तथा फोहरमैला व्यवस्थापन गर्दै आएको नगर प्रहरीले चहड पर्व लक्षित गर्दै मठ मन्दिर तथा सार्वजनिक स्थल सरसफाई सुरु गरेको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले बताउनुभएको छ् ।

ताजा समाचार