दोधारा । विपद् पुर्व तयारी तथा प्रतिकार्यको लागी पटरा खल्ला बस्ती नजिक रहेको पक्की तटबन्धमा बिरुवा रोपिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को जलवायु उत्थानशिल समुदाय परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्ला पक्की तटबन्धमा बास, आम्रेसो, भेटिभर, नेपिइर लगाएत बिभिन्न प्रजातिको बिरुवा रोपिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को जलवायु उत्थानशिल समुदाय परियोजनाका सहजकर्ता शुनिल सेठ्ठीले बताउनुभएको छ् ।

तटबन्धलाई मजबुद बनाउन र तातो हावाको असर रोक्न १ सय बोट बास, २ सय बोट अम्रेसो, २ सय बोट भेटिभर र २ सय बोट नेपिएर रोपिएको उहाँले बताउनुभएको छ् ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को जलवायु उत्थानशिल समुदाय परियोजनाका टोली, प्रगतीशिल विपद् व्यवस्थापन समितिको टोली, जनप्रतिनिधी तथा स्थानियबासीहरुको टोली रहेका थिए ।

