दोधारा । महाकाली नदीमा क्षतबिक्षत अवस्थामा एक शव फेला परेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ ईन्द्रा मध्यवर्ती सामुदायिक बन नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा पहिचान खुल्न नसक्ने अवस्थामा एक शव फेला परेको प्रहरीले जनाएको छ् । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा महाकाली नदीमा तैरिरहेको अवस्थामा क्षतबिक्षत भएको वेवारिसे शवलाई नदीबाट निकालिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभएको छ् ।

पहिचान गर्न नसकिने अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक गाहा मगरले बताउनुभयो । उता आईतबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका ११ की ६ वर्षीया सान्वी पन्त र ७ वर्षीया जीविका पन्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ् ।

