दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको नगर अस्पताल परिसरमा सरसफाई गरिएको छ् । अस्पतालको हाता भित्र रहेको फोहर मैला झाडु लगाएर सरसफाई गर्नुका साथै चाउचाउ, सुर्ति, गुड्खा, पातपतीङर, मिनरल वाटरका बोतल संकलन गरि नष्ट गरिएको दोधारा चाँदनी नगर अस्पतालको प्रशासन प्रमुख राजु गुरुङ्गले बताउनुभएको छ् । अस्पताल भित्र नियमित सरसफाई हुने भएपनि बाह्य क्षेत्रमा जथाभावी फोहोर फाल्दा समस्या हुने गरेको हो ।

समय समयमा नगर प्रहरी, स्थानिय युवाहरुले अस्पताल क्षेत्रमा सरसफाई गर्दै आउने गरेको र अबका दिनहरुमा अस्पतालका सबै कर्मचारीहरुले साताको एक दिन अस्पताल क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै जाने कार्यक्रम रहेको अस्पतालको प्रशासन प्रमुख राजु गुरुङ्गले बताउनुभयो । अस्पतालमा बिभिन्न खाले बिरामीहरु आउने र उनिहरुले प्रयोग गरि फालेको सामग्रीहरुको कारण अस्पताल क्षेत्रमा फोहर हुने गरेको हुदा आफुहरुले सरसफाई कार्यक्रमलाई बिशेष ध्यान दिएको अस्पतालको प्रशासन प्रमुख राजु गुरुङ्गले बताउनुभएको छ् ।

सरकारी अस्पताल भएकाले फोहोर बिसर्जनलाई महत्व नदिने हुदा ठाँउ ठाँउमा फोहोर हुने गरेको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले अस्पताललाई आधुनिक, जनमुखी, स्वच्छ र सुन्दर बनाउने बिभिन्न खाले सहयोग र कार्यक्रम गर्दै आएको बताउनुभएको छ् ।







