दोधारा चाँदनीमा नेपाल राहत शिक्षक समितिद्धारा बिरोध सभा


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल राहत शिक्षक समितिद्धारा बिरोध सभा सम्पन्न छ् । राहत शिक्षकको माँगलाई नेपाल सरकारले बेवास्था गरेको भन्दै आज नेपाल राहत शिक्षक समितिले देशव्यापी गरेको बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ् । यसैक्रममा दोधारा चाँदनी नगरपालिकाका पनि राहत शिक्षकहरुले बिरोध सभा कार्यक्रम सम्पन्न गरेको नेपाल राहत शिक्षक समिति दोधारा चाँदनीका नगर संयोजक राजेश सुनारले जानकारी दिनुभएको छ् ।

बिगत लामो समय देखि बिद्यालय शिक्षक बिद्येयक शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधी समितिमा छलफलकै क्रममा रहेको र बिद्यालय शिक्षक बिद्येयकमा राहत शिक्षकको स्थायी व्यवस्थापनको लागी बिगतमा भएको सम्झौता अनुसार राहत शिक्षक समितिले लविङ भईरहेको अवस्थामा सम्झौता साथै स्थापित नजिरलाई ठाडै अस्विकार गरि नेपाल सरकार अघि बढीरहेको अवस्थामा देशव्यापीरुपमा नेपाल राहत शिक्षक समितिद्धारा बिरोध सभा सञ्चालन गरिएको नेपाल राहत शिक्षक समिति दोधारा चाँदनीका नगर संयोजक राजेश सुनारले बताउनुभएको छ् ।

केही दिन अघि नेपाल राहत शिक्षक केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार आईतवार सबै पालिकाहरुमा पुगेर राहत शिक्षकहरुले बिरोध कार्यक्रम अनुरुप कार्यक्रम अघि बढाईएको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा दोधारा चाँदनीका बिभिन्न तहका ५६ जना राहत शिक्षक तथा शिक्षिकाहरु पुगेर बिरोध सभा कार्यक्रम सम्पन्न गरिएको नेपाल राहत शिक्षक समिति दोधारा चाँदनीले जनाएको छ् ।


ताजा समाचार

spot_img