दोधारा चाँदनीको कुतियाकवर बस्ती बाढीको उच्च जोखिममा, जग्गा कटानी अझै उस्तै


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती बाढीको उच्च जोखिममा छ् । जोगबुडा र महाकाली नदीको कटान र बाढीको कारण बस्तीमा त्रास बढेर गएको हो । विसं २०७८ को बाढीले ठूलो क्षति पुर्‍याएको र यस वर्ष पनि अधिक वर्षाको पूर्वानुमान भएको हुदा स्थानीयहरू त्रास बढेर गएको हो । अहिले आएर बस्तीको पुर्व/दक्षिण दिशाबाट महाकाली नदीले जग्गा कटानी गर्दैै आएको छ् । उक्त दिशाबाट आउने महाकाली नदीको भंगालो बस्तीमा पस्ने चिन्ताले सताउदै आएको टेक बहादुर सुनारले बताउनुभएको छ् । कुतियाकवर बस्तीको नैनसिंह सुनार नजिक जग्गामा महाकाली नदीले यसस वर्ष पनि कटानी सुरु गरेको उहाँले बताउनुभयो ।

नेपाल सरकारले जोगबुडा नदीमा ८ सय १६ मिटर लामो तटबन्ध निर्माणको काम सुरु गरे पनि ढिलाई र जगबुडा नदीमा पानी बढेकाले काम अवरुद्ध भएको हो । वर्षेनी बाढी र कटानका कारण जमिनको क्षेत्रफल साघुरिदै गएको छ् । जनताको तटबन्ध कार्यालयका अनुसार तटबन्ध निर्माणको २ सय ५५ काम मात्र सम्पन्न भएको बताईएको छ् ।

महाकाली नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए । पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दोभानमा रहेको कुतियाकवर बस्ती दक्षिण/पश्चिम दिशामा भने भारत सित जोडिएको छ् ।

विसं २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल निमार्ण भएपछि नगर सित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुडा र महाकाली नदीले जमिन कटान हुदै आएको छ् । करिब ५० बिघाह क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुरिदै गएको छ् ।


ताजा समाचार

spot_img