प्रगतीशिल सामुदायिक विपद् व्यवस्थापन समिति पटरा खल्लालाई ‘विपद् पुर्व तयारी सामग्री’ प्रदान

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा प्रगतीशिल सामुदायिक व्यवस्थापन समिति पटराखल्लालाई ‘विपद् पुर्व तयारी सामग्री’ हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको सहयोगमा प्रगतीशिल सामुदायिक व्यवस्थापन समिति पटराखल्लालाई ‘विपद् पुर्व तयारी सामग्री’ हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडी, निड्स नेपालका प्रतिनिधी दुर्गा बडुवाल, रेनु विक, प्रगतीशिल सामुदायिक व्यवस्थापन समितिका पदाधिकारी लगाएत स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

३ थान टर्च लाईट, ४ जोडी गमबुट, ९ थान लाईफ ज्याकेट, ३ थान रेनकोट, १ थान ट्युव र १ थान माईक हस्तान्तरण गरिएको निड्स नेपालका प्रतिनिधी रेनु विकले बताउनुभयो ।

ताजा समाचार