दोधारा चाँदनीमा खुला फुटवल प्रतियोगिता, प्रतियोगितामा १० टिम सहभागी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा फुटवल प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा शनिवार देखि खुला फुटवल प्रतियोगिता सुरु भएको आयोजक संस्था संसारीमाई मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीले जनाएको छ् । प्रतियोगितामा भारतका दुई टिम, सशस्त्र प्रहरी लगाएत स्थानिय फुटवल क्लवको सहभागिता रहेको फुटवल प्रतियोगितामा ब्यवस्थापन समितिका सदस्य तथा युवा नेता संदिप काँजी बस्नेतले बताउनुभएको छ् । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ६१ हजार र द्धितिय हुने टिमलाई रु. ३१ हजार नगद धनरासी प्रदान गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता भब्यताका साथ सञ्चालन भईरहेको फुटवल प्रतियोगितामा ब्यवस्थापन समितिका सदस्य तथा युवा नेता संदिप काँजी बस्नेतले बताउनुभएको छ् । प्रतियोगितामा भारतका फुटवल क्लवहरु सहभागी हुदा समेत प्रतियोगिताको रौनक बढेर गएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् । साबिकको दोधारा गाबिसमा फुटवल खेलको बढी क्रेज रहेको हुदा दर्शकहरु भिड उर्लेको उहाँले बताउनुभयो ।

स्थानियबासी संगै सिमावर्ती भारतिय क्षेत्रबाट फुटवल प्रतियोगितालाई हेर्न दर्शकले बाबाथान बजार क्षेत्रमा रौनक छाएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् । ‘स्वास्थ्यको लागी, राष्ट्रको लागी खेल’ नारा सहित दोधारा चाँदनी नगरपालिका– ७ को लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा जारी खुला फुटवल प्रतियोगिता आयोजना गर्न नगरपालिका, ब्यक्तीहरुले सघाएको आयोजक संस्था संसारीमाई मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीले जनाएको छ् ।

 

ताजा समाचार