दोधारा । दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको बाबाथान बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथाज बजार व्यवस्थापन समितिको आयोजनामा आज बिहान सरसफाई कार्यक्रम सम्पन्न भएको बाबाथान बजार व्यवस्थापन समितिका अध्यक्ष राजु उपाध्यायले जानकारी दिएका छन् । बजार क्षेत्रमा रहेको फोहर सफाई सहित सचेतना कार्यक्रम सञ्चालन गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष राजु उपाध्यायले बताएका छन् ।

बाबाथान बजारको मन्दिर क्षेत्र लगाएत बजारको सम्पुर्ण क्षेत्रमा रहेको फोहर, कसिंगर सफा गरिएको उनले बताए । सरसफाई कार्यक्रममा बाबाथान बजार व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी, सशस्त्र प्रहरी, व्यापारी लगाएत स्थानियबासीको उपस्थिती रहेको थियो ।

बजार क्षेत्रलाई सफा सुग्घर बनाउन आगामी दिन निरन्तर सरसफाई कार्यक्रम सञ्चालन गर्दै जाने बाबाथान बजार व्यवस्थापन समितिले जनाएको छ् ।







