अन्तर्राष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा सिमा बस्तीमा माईतीको घरदैलो

दोधारा । ‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज’ नारा सहित माईती नेपालले ११ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपािलकामा पर्चा पम्पलेट सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ् । ११ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिका– १ निमार्णधिन महाकाली पक्की पुल तथा नजिक रहेको नेपाल–भारत सिमा बस्तीहरुमा मानव बेचबिखन रोकथामका लागि घरदैलो तथा छलफल कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् । माईती नेपाल कञ्चनपुरको टोली, जनप्रतिनिधी, सशस्त्र प्रहरी तथा स्थानियबासीहरुको सहयोगमा महाकाली पक्की पुल तथा सिमा बस्तीहरुमा घरदैलो तथा छलफल कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

घरदैलो कार्यक्रममा स्थानियहरु संग मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ नयाँ तौरतरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधिमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदा उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्य रहदै आएको सम्बन्धमा स्थानियहरु संग छलफल समेत गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

स्थानियबासीहरुलाई मानव बेचबिखन जस्तो जघन्य अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामुलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

 

ताजा समाचार