विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘नगर प्रहरी’ लाई वाकिटकी

पप्पु गुरुङ्ग, दोधारा । विपद् व्यवस्थापनमा सहजताको लागी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर प्रहरीलाई ‘भिएचएफ हेण्ड सेट’ उपलब्ध गराईएको छ् । निड्स नेपाल र दोधारा चाँदनी नगरपालिका कार्यालयको सयुक्त लगानीमा विपद् व्यवस्थापनमा सहजताको लागी नगर प्रहरीलाई सुचना आदान प्रदानको लागी वाकिटकी अर्थात भिएचएफ हेण्ड सेट उपलब्ध गराईएको दोधारा चाँदनी नगरपालिका कार्यालय प्रशासन शाखाका शाखा अधिकृत डम्मर ध्वज अवस्थीले जानकारी दिनुभएको छ् । निड्स नेपाल र दोधारा चाँदनी नगरपालिका कार्यालयको सयुक्त लगानीमा सुचना तथा सञ्चार मन्त्रालयबाट अनुमती लिएर दोधारा चाँदनी नगर प्रहरीले भिएचएफ हेण्ड सेट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । विपद् आएको बेला बिद्युत नहुने, मोवाईल सेवा अवरुद्ध हुनेसक्ने हुदा उद्धारकर्मीहरुलाई भिएचएफ हेण्ड सेटले विपद् व्यवस्थापन गर्न थप प्रभावकारी हुने उहाँले बताउनुभएको छ् ।

निड्स नेपाल र दोधारा चाँदनीले रु. १४ लाख बढी लागतमा भिएचएफ हेण्ड सेट सञ्चालनमा ल्याएको दोधारा चाँदनी नगरपालिका कार्यालय प्रशासन शाखाका शाखा अधिकृत डम्मर ध्वज अवस्थीले बताउनुभयो । निड्स नेपालको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले स्थानिय आपतकालिन सञ्चालन केन्द्रलाई बिभिन्न सामग्री सहयोग गर्ने क्रममा निड्स नेपाल, दोधारा चाँदनी नगरपालिका, अक्सफामको सहयोग र सहकार्यमा १४ थान भिएचएफ हेण्ड सेट खरिद गरिएको बताउनुभएको छ् ।

सुचना तथा सञ्चार मन्त्रालयबाट फ्रिक्वेन्सी ईजाजत लिएर विपद्मा अग्रपंक्तीमा खटिने नगर प्रहरीलाई उपलब्ध गराईएको उहाँले बताउनुभयो । भिएचएफ हेण्ड सेटको उपलब्धता संगै विपद् व्यवस्था संगै सुरक्षा व्यवस्थामा ठूलो सहयोग पुग्ने उहाँले बताउनुभएको छ् । शुदुरपश्चिम प्रदेशमै पहिलो पटक दोधारा चाँदनी नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा भिएचएफ हेण्ड सेट प्रयोगमा ल्याएको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् ।

नगर प्रहरीको अधिकांश काम फिल्डमै हुने हुदा मोबाईलको भर पर्नुपर्ने अवस्था रहेकोमा वाकिटकी अर्थात भिएचएफ हेण्ड सेट आएपछि मोवाईलमा नेटवर्क नभएको बेलामा पनि सजिलै सुचना आदान प्रदान गर्न, निर्देशन दिन र काम गर्न सहज भएको नगर प्रहरीले जनाएका छन् ।

वाकिटकीको प्रयोग मार्फत सुरक्षा व्यवस्थापनमा थप सहयोग पुगेको बताईएको छ् । वाकिटकीको प्रयोगले आफुहरुलाई कामलाई निकै सहज बनाएको नगर प्रहरीहरुको भनाई रहेको छ् ।

ताजा समाचार