कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सडक दुर्घटनामा एकको ज्यान गएको छ् । आज बिहान दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज पक्की पुल नजिक सडकमा मोटर साईकल अनियन्त्रीत भई दुर्घटना हुदा दोधारा चाँदनी नगरपालिका– ६ निवासी वर्ष अन्ताजी ३० का तारा थापाको ज्यान गएको र अर्का सत्यम ठाकुर गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् ।

घाईते ठाकुरलाई भारतको खटिमा उपचारको लगिएको उहाँले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ् । दुर्घटना पछि चालक सत्यम ठाकुर र मोटरसाईकल सवार तारा थापालाई दोधारा चाँदनी नगर अस्पतालमा उपचार गरिएको थियो । दोधारा चाँदनी नगर अस्पतालले तारा थापालाई मृत्य घोषणा गरेको हो ।

दुर्घटनामा परेको युके ०३ ए १४६२ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

