दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा किशोरीहरलाई आत्मनिर्भर बनाउन ढाकाको कपडा बुन्ने तालिम पछि उनिहरुलाई प्रविधी (तान) हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय लद्युउद्यम बिकास शाखा कार्यालयको आयोजना र लद्यु घरेलु तथा साना उद्योग प्रर्वद्धधन कार्यालयको आर्थिक सहयोगबाट २ महिने ढाकाको कपडा बुनाई सम्बन्धी तालिम सम्पन्न पछि तालिममा सहभागीहरुलाई प्रविधी (तान) हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्युउद्यम बिकास शाखाकाका सहजकर्ता जयन्ती भट्टले जानकारी दिनुभएको छ् । किशोरीहरुलाई व्यवसायिक बनाउन ढाकाको कपडा बुनाई सम्बन्धी तालिम पछि सहभागीहरुलाई व्यवसायरुपमा उत्प्रेरित गर्न प्रविधी (तान) हस्तान्तरण गरिएको सहजकर्ता जयन्ती भट्टले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने १० जना किशोरीहरुलाई उक्त तालिममा सहभागी गरिएको उहाँले बताउनुभएको छ् । किशोरीहरुलाई व्यावसायिक बनाउदै आय–आर्जन संग जोड्ने दुई महिने ढाकाको कपडा बुनाई तालिम पश्चात उक्त प्रविधी (तान) हस्तान्तरण गरिएको लद्युउद्यम बिकास शाखाकाका सहजकर्ता जयन्ती भट्टको भनाईरहेको छ् । नगर क्षेत्रका महिलाको जिवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

किशोरीहरुलाई आत्मनिर्भर बनाउन संघिय सरकारलाई अनुरोध गरि तालिम सम्पन्न गरिएको उहाँले बताउनुभयो । अहिले परिवर्तित समयक्रम संगै ढाकाको कपडाको माँग बढेकोले बेरोजगार महिला स्वरोजगार बनाउने उद्धेश्यले तालिम सम्पन्न गरिएको उहाँले बताउनुभएको छ् । तालिममा ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी लगाएतका सामग्री उत्पादन गर्न सिकाईएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

सीप सिकेर घरमै काम गर्न चाहने उद्यमीलाई नगरपालिकाबाट सहयोग गरिने उहाँको भनाई छ् । तालिममा सिकेका कुरालाई खेर नफाली तालिमको सही सदुपयोग गर्न तालिमका सहभागीहरुलाई नगरप्रमुख लिम्बुले आग्रह गर्नुभएको छ् । किशोरीहरु चुलाचौका मात्र सिमिति नभएर उद्यमशील बन्नु पर्नेमा बक्ताहरुले बताएका छन् ।
सीप सिक्ने मात्र नभइ यसलाई आर्थिक पाटो संग जोड्न सकेको खण्डमा आर्थिकरुपमा पनि सवल बन्ने बक्ताहरुको भनाई रहेको छ् ।
