रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण

दोधारा । रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन पक्की तटबन्ध निमार्ण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ र ८ मा पर्ने रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन पक्की तटबन्ध गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । प्रदेश सरकारको रु. १६ लाख र पालिकाको रु. ३ लाख गरि तटबन्ध निमार्ण कार्य गरिएको उहाँले बताउनुभएको छ् ।

प्रदेश सरकारका रु. १६ लाख मध्य रु. १२ लाख र पालिकाको रु. रु. ३ लाख निमार्णमा खर्च गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । गएको बाढीमा रामपुरे टापु लगाएत बस्तीमा जगबुडा नदीको पानी पसेर ठुलो बितण्डा मच्चाएको थियो । बाढीकाने अवस्थालाई मध्यनजर राख्दै रामपुरे टापु बस्ती नजिक रहेको जगबुडा नदीमा सुरक्षित तटबन्ध निमार्ण गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

उपभोक्ता समिति मार्फत निमार्ण गरिएको पक्की तटबन्धको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य संदिप उपाध्याय लगाएत टोलीले अनुगमन गर्नुभएको छ् ।

ताजा समाचार