साउदी अरब: निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि प्रक्रिया गत रुपमा उम्मेद्वारी दर्ता भएका आबेदकहरुको प्रारम्भिक नामावली सुची सार्वजनिक गरेको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको दशौं राष्ट्रिय महाधिबेशन बाट २०२५-२०२७ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १० जुलाई २०२५ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची सार्वजनिक गरेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले भनेको छ, पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवारी हरूको उपरोक्त प्रथम सूचीमा आगामी १२ जुलाई बेलुकी ९.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्न सकिने जानकारी गराउदै निर्बाचन समितिको आधिकारिक इमेल आइडी nccksaelection@gmail.com समेत रहेको
निर्वाचन समिति दशौं राष्ट्रिय महाधिवेशन २०२५ गैरआवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद, साउदी अरेबियाले बताएको छ।

सार्वजनिक नामावली सुचीमा राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा सहमति नभए निर्वाचन हुने र उक्त पद बाहेक अध्यक्ष लगायत सदस्य सम्म सर्वसम्मत हुने देखिएको छ। उपाध्यक्ष पदमा ४ जना हुनु पर्नेमा ५ जनाको उम्मेदवारी परेको छ।
प्रकाशित नामावली:
