कुतियाकवर बस्तीमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

दोधारा । कुतियाकवर बस्तीमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा युवाहरुको भुमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा युवाहरुको भुमिका विषयक अन्तरक्रिया सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको योजना तथा कार्यक्रम तथा सनराईज मिडिया हाउसको आयोजनामा कुतियाकवर बस्तीमा रहेको सुरक्षित गृहको हलमा अन्तरक्रिया सम्पन्न भएको हो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा युवाहरुलाई एकजुट बनाएर लैजाने उद्धेश्यले अन्तरक्रिया सञ्चालन गरिएको कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव बसन्ती सुनारले बताउनुभएको छ् ।

बाढीको उच्च जोखिममा रहेको कुतियाकवर आसपास बस्तीमा दोधारा चाँदनी नगरपालिका र बिभिन्न संघ–संस्थाहरुले विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको उहाँले बताउनुभएको छ् । कुतियाकवर बस्तीहरुमा वर्षायाममा बाढीले वर्षेनी ठुलो धनमालको क्षती गर्दै आएको र पालिका र संघ–संस्थाहरुले विपद् जोखिम न्युनिकरण गर्न बिभिन्न प्रयास गर्दै आएको सचिव बसन्ती सुनारले अन्तरक्रियामा बताउनुभएको छ् । जोखिम न्युनिकरण गर्न तटबन्ध निमार्ण, जनचेतनामुलक कार्यक्रम लगाएत सामुदायिक विपद् व्यवस्थापन समितिहरुलाई सक्रिय बनाउने काम भईरहेको उहाँको भनाई छ् ।

अन्तरक्रियाका सहजकर्ता तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बाढी आउनु पुर्व र बाढी आएपछि युवाहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । गतबिगतमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको आएको बेला युवाहरुको भुमिका उल्लखेनिय रहेको बताउदै विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा युवाहरुको भुमिकालाई थप सशक्त बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

अन्तरक्रियामा सहभागी बिच विपद् व्यवस्थापनको दीर्घकालीन रणनीति, समुदायमा जनचेतना अभिवृद्धि र दिगो समाधानका उपायहरु बारे महत्वपूर्ण छलफल भएको बताईएको छ् ।

कार्यक्रममा युवाहरुले जोखिमका सवालमा सबै सरोकारवाला संग हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

 

ताजा समाचार