दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदीको पारिको गाँउ अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण भएपछि बस्ती सुरक्षित भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को जगबुडा नदीको पारि भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण भएपछि अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु मख्खै भएका छन् । बस्ती नजिक रहेको जगबुडा नदीले वर्षेनी खेतीयोग्य जग्गा कटानी संगै बस्तीनै बिस्तापित हुने संघारमा रहेको थियो । बाढीका कारण बर्सेनी डुबान र कटानको समस्या खेप्दै आएका अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीमा ४ सय ५५ मिटर पक्की तटबन्ध निमार्ण भएपछि स्थानियबासीहरुमा खुशीयाली छाएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

बस्ती जोगाउन महाकाली सिचाई तेस्रो चरण आयोजन अन्तर्गत पक्की तटबन्ध निमार्ण कार्य सम्पन्न गरेको उहाँले बताउनुभएको छ् । डाईनामाईक निमार्ण कम्पनीले तटबन्ध निमार्ण कार्य सम्पन्न गरेसंगै बाढीको जोखिम रहेको बस्ती पुर्णरुपमा सुरक्षित बनेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । ८ घरधुरी रहेको अठार नम्वर पिल्लर बस्तीबासीहरुले बिगत लामो समय देखि जगबुडा नदीले गर्दै आएको डुवान तथा जग्गा कटानीको समस्या हल गरिदिन माँग गर्दै आएका थिए ।

नदीले गर्दै आएको कटानीले बस्ती बिस्तापनको संघारमा पुगेको अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीमा सुरक्षित पक्की तटबन्ध निमार्ण भएपछि बस्तीमा खुशीयाली छाएको स्थानिबासी दिल बहादुर राना क्षेत्रीले बताउनुभयो । स्थानियबासी दिल बहादुर राना क्षेत्रीले तटबन्ध निमार्णले बर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने अवस्था भएको बताउनुभएको छ् ।

तटबन्ध निमार्ण कार्यमा पहल गर्ने सबैलाई उहाँले धन्यबाद दिनुभएको छ् । बर्षेनी जगबुडा नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी जग्गा कटानी गर्दै आएपछि अठार नम्वर पिल्लर बस्ती बाढीको उच्च जोखिममा रहदै आएको थियो ।
बिगतका दिनहरुमा बालबालिकाको पठनपाठन देखि लिएर गाँउ, बस्तीको कलह भएपछि भारतीय पञ्चायतमा धाउने उनिहरु शुदुरपश्चिम प्रदेश सरकारले झोलुङ्गे पुल निमार्ण गरेपछि मात्रै नेपाल संग जोडिन पुगेका हुन् ।
