खेतमै दही चिउरा खाएर मनाए दोधारा चाँदनीमा राष्ट्रिय धान दिवस

कञ्चनपुर । आज असार पन्ध्र, धान रोपाईको पर्व । यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ् । यस दिन आफन्तजन पनि धान रोप्न खेतमा भेला हुने चलन छ् । सरकारले केही वर्ष देखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाईदै आएको छ् । धान नेपाली जनताको प्रमुख खाद्यान्न हो । नेपालमा सयौं प्रजातिका धान पाईन्छन् । यिनको संरक्षण गर्ने र धान खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा रोपाई गरी धान दिवस मनाउन थालिएको हो । असार पन्ध्रको दिनमा मनाईने दिवसले उत्पादनमा सहयोग संगै आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउछ् । नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ् । यसै क्रममा आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका नेकपा एमालेले २२ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि उपसचिव राजिव खड्काले बताउनुभयो ।

‘धानवालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारा सहित २२ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा दोधारा चाँदनी नगरपालिकाका वडा नं. ५ का एक किसानको खेतमा धान रोपी, दही चिउरा खाएर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको उहाँले बताउनुभएको छ् । असार पन्ध्रलाई कृषि सभ्यता र महत्व बुझ्ने, बुझाउने पर्वको रुपमा लिईएको छ् । युवापुस्ता वैदेशिक रोजगारीमा जाँदा देशको खेतबारी बाँझै रहेको र खाद्यान्न आयातमा वृद्धि भएको वर्तमान अवस्थामा यस पर्वको सन्दर्भ अझ बढेको नेकपा एमाले दोधारा चाँदनीका पुर्व नगर अध्यक्ष तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो ।

कृषि प्रधान देश नेपालमा किसानलाई कुनै प्रकारको अभाव हुनु राम्रो नभएको उहाँले बताउनुभएको छ् । किसानलाई समयमै बीउ, मलको व्यवस्थापन मिलाउन समेत स्थानीय सरकार लागिपरेको दोधारा चाँदनीका पुर्व नगर अध्यक्ष तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो ।

उहाँले नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउन सबैले हातेमालो गरि अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एमाले दोधारा चाँदनी नगर कमिटिको आयोजनामा सञ्चालन भएको २२ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा पार्टीका नेता, कार्यकर्ता स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार