दोधारा चाँदनीमा महिलाहरुलाई एक महिने एडवान्स सिलाई कटाई तालिम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक महिने सिलाई कटानी तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको आयोजना र महिला बिकास नेपाल दोधारा चाँदनीको आयोजनामा वडामा बसोबास गर्ने महिलाहरुलाई एक महिने सिलाई कटानी तालिम दिईएको हो । बिगतका आधारभुत तालिम लिएका वडामा बसोबास गर्ने १२ जना महिलाहरुलाई तालिममा सहभागी बनाईएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ ।

उनिहरुलाई पुर्णरुपमा व्यवसायी बनाउने उद्धेश्यले आधारभुत तालिम संगै एडवान्स तालिम दिईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । सिलाई कटाई सिकेर आर्थिक उपार्जन गर्न सकिने बताउनु भएको छ् । उहाँले जीवन उपयोगी सीपलाई सबैलाई पेशा बनाउन आग्रह गर्नुभयो ।

वडा कार्यालयले आगामी दिनमा थप सिपमुलक तालिम संचालन गरि महिलाहरुलाई रोजगार बनाउन आफुहरुको योजना रहेको बताउनुभयो ।

एक महिने सिलाई कटानी तालिममा सहभागीहरुले वडा कार्यालयले पुर्णरुपमा तालिम दिएर व्यवसायी बनाउन सहयोग गरेको भन्दै वडाध्यक्ष तथा वडाका प्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार