दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा किसानहरुलाई बाख्रा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको आयोजनमा वडामा बसोबास गर्ने १० जना किसानहरुलाई उन्नत जातको बाख्रा सहयोग गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । व्यवसायीरुपमा वडामा बाख्रा पालन फर्म दर्ता भई नबिकरण गरिएका १० जना किसानलाई १/१ वटा किसानको प्रोत्साहनको लागि किसानलाई बाख्रा वितरण गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

जिवनमा निर्वाहमुखी कृषि प्रणाली भन्दा माथी उठेर व्यवसायिक ढंगले लाग्न बाख्रा बितरण कार्यक्रममा किसानहरुलाई आग्रह उहाँले आग्रह गर्नुभएको छ् । किसानहरुलाई व्यावसायिक बाख्रापालन तर्फ आकर्षित गर्न बाख्रा सगै औषधी समेत बितरण गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । एक बाख्राका मुल्य रु. १३ हजार रहेको बताईएको छ् । पछिल्लो समय दोधारा चाँदनी नगरपालिकामा व्यावसायिक रुपमा फर्म दर्ता गरी बाख्रा पालन तर्फ किसानको आकर्षण बढ्दै जान थालेका छन् ।

सरकारले पछिल्ला केही वर्षयता व्यावसायिकरुपमा बाख्रापालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि किसानको आकर्षण बढ्दै जाँदा बर्सेनि मासु उत्पादनमा समेत वृद्धि हुदै आएको छ् ।

