गाँजाको बोट नष्ट गर्दै दोधारा चाँदनीमा नगर प्रहरी

कञ्चनपुर । नगर प्रहरीले दोधारा चाँदनी नगरपालिकामा गाँजाको बोट अभियान सुरु गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर प्रहरीले प्राकृतिक रुपमा उम्रेका गाँजाको बोट नष्ट अभियान सुरु गरेको छ् । सडक छेउमा ब्यग्रल्तीरुपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अघि बढाएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रहरीले जानकारी दिएको छ् । सडक छेउमा सरसफाई संग युवाहरुलाई कुलतबाट जोगाउन नगर प्रहरीले थालेको गाँजाको बोट नष्ट गर्ने अभियान सहनिय रहेको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ को पुर्णागिरी मन्दिर क्षेत्र र लक्ष्मी माध्यमिक बिद्यालयको क्षेत्रमा उम्रेका गाँजाको बोट नष्ट गरिएको उहाँले बताउनुभयो । युवाहरुले बोटको पात हातमा लगाएर गाँजा निकाली सेवन गर्ने कार्य भईरहेको हुदा लागुऔषध नियन्त्रणमा नगर प्रहरीको गाँजाको बोट नष्ट गर्ने अभियानलाई स्थानियबासीहरुले प्रशंसा गरेको वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् ।

गाँजा युवाहरुले प्रयोग गर्ने गरेको स्थानीयले समेत गुनासो गरेपछि नगर क्षेत्रमा नगर प्रहरीले गाँजा खोज र नष्टको अभियान सुरु गरेको दोधारा चाँदनी नगरपालिका– ७ का अर्का वडा सदस्य संदिप उपाध्यायले बताउनुभयो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गर्ने अभियान सकारात्मक रहेको उहाँको भनाई छ् ।

युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भईरहेको विकृतिलाई निर्मूल पार्ने उद्देश्यले प्राकृतिक रुपमा उम्रेका गाँजाको बोट नष्ट अभियान सुरु गरेको नगर प्रहरीले जनाएको छ् ।

ताजा समाचार