शुक्रबारदेखि सुपवि केन्द्रीय क्याम्पसमा अन्र्तराष्ट्रिय सम्मेलन

कञ्चनपुर : आउँदो शुक्रबारदेखि कञ्चनपुरकोे सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अन्र्तराष्ट्रिय सम्मेलन हुन लागेको छ । केन्द्रीय क्याम्पसको आयोजनामा शुक्रबार र शनिबार अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो । अन्र्तराष्ट्रिय सम्मेलन सयोजक डा मदन सिह देउपाले सम्मेलनको तयारी तिव्र रुपमा भईरहेको बताए ।

उनका अनुसार ‘गुणस्तरीय शिक्षा र दिगो विकासमा उद्यीयमान अनुसन्धान प्रवृति र नवप्रर्वतनहरुको बहु विद्यागत अनुसन्धान’ विषयमा हुन लागेको छ । उक्त सम्मेलनमा नेपाल सहित भारत बेलायत, डेनमार्क अमेरिकाका विभिन्न विश्वविद्यालयका प्राध्यापकविच शैक्षिक विषयमा छलफल हुनेछ । उपकुलपति डा. हेमराज पन्तले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन ।

ताजा समाचार