औषधी व्यवसायी संघ कञ्चनपुरद्वारा रक्तदान


कञ्चनपुर : नेपाल औषधी व्यवसायी संघले स्थापना दिवसको अवसमा रक्तदान गरेको छ । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरले संघको ५२औँ स्थापना दिवसमा रक्तदान गरेको हो ।

मंगलबार एक कार्यक्रमका विच शाखा कञ्चनपुरले रक्तदान गरेको जनाएको छ । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले स्थापना दिवसमा समाजिक कार्य गर्नका लागि रक्तदान गरेको बताए ।

अध्यक्ष बुडाका अनुसार १३ जना औषधी व्यवसायीहरुले रक्तदान गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल औषधी व्यवसायी संघका सुदुरपश्चिम प्रदेश अध्यक्ष गजेन्द्रदेव लेखकले संघले रक्तदान गरेर ठुलो समाजिक काम गरेको बताए ।


ताजा समाचार

spot_img