कञ्चनपुर : ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यको लागि योग’ भन्ने मूल नाराका साथ आज विश्वभर एघारौँ अन्तराष्ट्रिय योग दिवस २०८२ मनाइदै छ । सोही अवसर पारेर देशभरमा पतञ्जलि योग पीठ नेपाल, पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपाल र युवा नेपाल समितिले विभिन्न कार्यक्रममा साथ योग दिवस मनाएका छन् ।

सोही अवसरमा अन्तराष्ट्रिय योग दिवस मुल समारोह समिति कञ्चनपुरले भीमदत्त नगरपालिका –०४ स्थित संविधान चौक (महेन्द्र स्मारक)मा योग दिवस मनाएको छ । बिहान ५ बजे देखि शुरु भएको कार्यक्रम बिहान ७ बजे सम्म चलेको थियो । पतञ्जलि योग समितिका केन्द्रीय सदस्य तथा योग गुरु लवराज भट्टले अन्तराष्ट्रिय प्रोटोकल अनुसार योग प्रशिक्षण दिनु भएको थियो । त्यसै गरी युवा नेपाल समिति कञ्चनपुरका युवाहरूले योगका विभिन्न आसन र कलाको प्रर्दशन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा.हिरा चन्दले ‘कुनै पनि मानिसलाई स्वास्थ्य रहनको लागि योग अति नै आवश्यक छ, त्यसैले ‘२१ जुन २०१४ मा संयुक्त राष्ट्र सङ्घको महासभाले अन्तराष्ट्रिय योग दिवस घोषणा गरेको दिनलाई विश्वभर योग दिवसका रुपमा मनाइने र आजैको दिन सबै भन्दा लामो दिनको रुपमा पनि रहेको बताउनु भयो ।’ वहाँले भन्नु भयो प्रदेश सरकारले आफ्ना जनता निरोगी राख्नेको लागी र योगको प्रोत्साहन गर्नको लागि योग र महाकाली आयुर्वेद औषधालयको लागि रकम बिनियोजन गरेको छ । जुन रकमले भिनपा –६ स्थित दानदाता विर बहादुर चन्द सरले दिएको जग्गामा पतञ्जलि योग समितिको आफ्नो भवन बन्ने छ भन्ने महाकाली आयुर्वेद औषधालयको स्तर उन्नोति गर्ने छ ।

एघारौँ अन्तराष्ट्रिय योग दिवस– २०८२ को सभापतित्व मुल आयोजक समिति समारोह अध्यक्ष ई धनसिह बडालले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द रहनु भएको थियो विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख खडक बहादुर खत्री, रहनु भएको थियो कार्यक्रम सञ्चालन पतञ्जलि योग समिति कञ्चनपुरका उपाध्यक्ष हरि सिह रावलले गर्नु भएको थियो ।
अन्तराष्ट्रिय योग दिवस मल समारोह समिति कञ्चनपुरको आयोजनामा महाकाली आयुर्वेद औषधालय कञ्चनपुरको समन्वय, पतञ्जलि योग समिति नेपालको प्राविधिक सहयोग, स्वास्थ्य कार्यालय कञ्चनपुर, प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढीको सहयोगमा एघारौँ अन्तराष्ट्रिय योग दिवस –२०८२ भव्यताका साथ मनाइएको छ ।






