योग दिवसका अवसरमा शुक्लाफाँटा वडा नं ६ को कार्यालय परिसरमा बृक्षारोपण


झलारी : शुक्लाफाँटा नगरपालिका ६ को वडा कार्यालय परिसरमा शनिवार बृक्षारोपरण कार्यक्रम गरिएको छ । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको असरमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय झलारीले वडा कार्यालय परिसरमा बृक्षारोपणको कार्यक्रम आयोजना गरेको हो ।

बृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष दान सिंह ऐर, नगर प्रवक्ता लाल बहादुर ऐर, नेपाली काँग्रेसका वडा सभापति दान बहादुर खाती, वित्तिय संस्थाका शाखा प्रवन्धक रिता चौधरी, आदिवासी जनजाती नेता तथा समाजसेवी हवलदार चौधरी, बैजनाथ माध्यमिक विद्याल कसरौलका व्यवस्थापन समिति अध्यक्ष रामसहाय राना, समाजसेवी कडारा राना, रामकिसन राना लगायतको सहभागीता रहेको थियो । वडा कार्यालय परिसरमा आँप लिची, समी असोक लगायतका विरुवा रोपिएको शाखा प्रवन्धक चौधरीले बताउनु भयो ।

वित्तिय संस्थाले कार्यालय परिसरमा बृक्षारोपण गर्ने कार्य सह्रानिय रहेको वडा नं ६ का वडा अध्यक्ष दान सिंह ऐरले बताउनु भयो । संस्थाले उपलव्ध गराएका विरुवा परिसरमा रोपेका छौं उहाँले भन्नुभयो, केही दिनमै परिसरमा फुल लगायतका सौन्दर्यकरण सम्बन्धी विरुवा रोपेर श्रृङगार्ने योजना छ । वित्तिय संस्थाले समाजिक उत्तरदायित्व कार्याक्रम अन्र्तगत यस अघि वडा नं २, वडा नं १० र इलाका प्रहरी कार्यालय झलारीमा बृक्षारोपणको कार्यक्रम सम्पन्न गरेको छ ।


ताजा समाचार

spot_img