झलारी ः बढ्दो गर्मी संगै तातो हावाको लहर चल्न थालेको छ । यसबाट विद्यार्थीहरु बढी प्रभावित हुन थालेका छन । तातो हावाको लहरबाट विद्यार्थीलाई विरामी हुनबाट जोगाउनका लागि एनएनएसडब्लुए र मर्सिकोर नेपालको साझेदारीमा सञ्चालित जलवायू उत्थानशिल समुदाय कार्यक्रम अन्र्तगत सचेत पार्न थालिएको छ ।

विद्यालयमै पुगेर अभिमुखिकरण कार्यक्रमको आयोजना गरी तातो हावाको लहरबाट बच्ने र बचाउने कार्य बारे विद्यार्थीलाई जानकारी दिईएको एनएनएसडब्लुएका कार्यक्रम सहयोगी अधिकृत रिमा खनालले बताउनु भयो । उहाँका अनुसार कृष्णपुर नगरपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय ३० विद्यार्थीलाई तातो हावाबाट बच्ने र बचाउने सचेतनामुलक कार्यक्रम संगै त्यस सम्बन्धी दुई सय पोष्टर वितरण गर्ने कार्य गरिएको छ ।

यसैगरी उदय माध्यमिक विद्यालयका कक्षा ५ देखि १० सम्मका तीन सय १८ विद्यार्थीलाई ८० वटा पोष्टर र बालकल्याण आधारभूत विद्यालयका कक्षा ४ देखि ८ सम्मका १४८ जना विद्यार्थीलाई ३० वटा सचेतनामुलक पोष्टर वितरणको कार्य गरिएको छ ।

