दोधारा चाँदनी नगरपालिकाले आगामी बजेटमा विपद् जोखिम न्युनिकरणलाई बिशेष प्राथमिकतामा राख्ने

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको वाार्षिक योजना तर्जुमा प्रक्रियामा विपद् जोखिम न्यूनिकरण तथा जलवायु अनुकुलनका विषयलाई मुलप्रवाहीकरण सम्बन्धी परामर्श बैठक नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण सघ, मर्सिकोर नेपाल र डिसीएको प्राविधिक सहयोगमा सम्पन्न भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले विपद् व्यवस्थापनको लागी संचित हुने गरि कोष खडा गरिएको र बिगतमा छुट्याईएको र संचित बजेटमा थप हुने गरि विपद् जोखिम न्युनिकरणलाई बिशेष प्राथमिकतामा राखेर बजेट निमार्ण गर्न लागिएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिषयगत शाखा देखि वडा सम्मबाट विपद् जोखिम न्युनिकरणको लागी बजेट बिनियोजन गर्ने काम भईरहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकामा छरिएर रहेका विपद् जोखिम न्युनिकरणको लागी सामुदायिक विपद् ब्यवस्थापन समिति गठन, महाकाली नदी र जगबुडा नदीमा नदीको सतह मापन यन्त्र जडान, मोटरवोट खरिद, सायरन जडान, सुरक्षित आवास निमार्ण लगाएत बिभिन्न प्रकारको तालिम तथा कृत्रिम नमुना घट्ना अभ्यासहरु भईरहेको उहाँले बतनाउनुभयो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना शाखा अधिकृत भान देब भट्टले जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको यथार्थलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दोधारा चाँदनी नगरपालिकालाई मनसुन अवधीभरका लागि संकटग्रस्त क्षेत्र घोषणा समेत गरेको र संघीय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन रणनैतिक योजनाले समेत विषयगत क्षेत्रहरुवाट विपद् जोखिम न्यूनिकरण तथा अनुकूलन क्षेत्रमा ५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने व्यवस्था रहेको हुनाले सबै पालिकाहरुले विपदलाई मुलप्रवाहीकरण हुने गरी आफना निति तथा कार्यक्रममा समावेश गर्नु पर्ने हुदा दोधारा चाँदनी नगरपालिकाको हाल सम्मको बजेट विनियोजनाको अवस्था हेर्दा प्रयाप्त नदेखिएकोले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि वजेट विनियोजन गर्दा सबै प्रकारको विपद् जोखिम न्यूनिकरण तथा जलवायु अनुकूलनका विषयलाई मुलप्रवाहिकरण हुनेगरी वजेट निर्माण गर्न नगरपालिका गम्भिर रहेको योजना अधिकृत भानदेव भट्टले बताउनुभएको छ् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग, भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९, १० का बस्तीहरुलाई तिन महिनाका लागि विपद् संकट ग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ् ।

जल तथा मौसम विज्ञान विभागले जेठ ७ गते जारी गरेको मनसुन ऋतुको आँकलन अनुसार सुदूरपश्चिम प्रदेशको दक्षिणी भु–भागमा सरदर भन्दा वढी वर्षा हुने आँकलन समेत गरेको छ् ।

 

ताजा समाचार