कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका युवा नेता महेश पन्तले सुदूरपश्चिम प्रदेश सरकार खुलेयाम योजना बेच्न र विचौलियाकै योजनामा बजेट ल्याएको टिप्पणी गरेका छन । सत्ताधारी एमाले प्रदेशका सदस्य समेत रहेका पन्तले प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८२/०८३को बजेटलाई लक्षित गरेर प्रदेश सरकार खुलेयाम योजना बेच्न र विचौलियाकै योजनामा बजेट ल्याएको टिप्पणी गरेका हुन ।

उनले एमालेबाट प्रदेश सरकारमा गएका मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउन माग अघि सारेका छन । ‘त्यहाँ जनताका काम गर्न गएको हो की काँग्रेसको कठपुतली बन्न गएको हो, ‘उनले प्रशन गरेका छन, ‘आफन्त पालनपोषणमा गएको हो, केही अति आवश्यकीय काम गर भन्दा काँग्रेसले काम गर्न दिएनन भनी रुन्ने कुरा गर्ने, काम गर्न दिएनन भने अनित्या मकै गोडनु बसेको हो, तुरुन्त राजनामा देउ आउ बाहिर हामीले रगत पसिना बनाएर ल्याएको गणतन्त्र के आज यही दिन देख्नलाई हो ? सुप प्रदेशको कामकाजको विषयलाई लिएर नेता पन्तले प्रदेश र केन्द्रीय पाटीको गम्भिर ध्यानाकर्षण गराएका छन ।

