खल्लागोठमा बाढीजन्य प्रकोप सम्बन्धी कृतिम घटना नमूना अभ्यास

झलारी ः कृष्णपुर नगरपालिका २ खल्लागोठमा आइतवार समुदायमा आधारित बाढी पूर्व तयारी कृतिम घटना नमूना अभ्यास गरिएको छ । एनएनएसडब्लुएले मर्सिकोरको आर्थिक सहयोगमा सञ्चालन गरेको जलवायू उत्थानशील कार्यक्रम अन्र्तगत बाढी पूर्व तयारीका लागि कृतिम घटना नमूना अभ्यासको कार्य गरिएको हो ।

कृतिम घटना नमूना अभ्यासमा बाढी आउन पूर्वको पूर्व सूचना कार्यदलको कार्य, खोज तथा उद्धार कार्यदलको कार्य र प्राथमिक उपचार कार्यदलतको कार्य बारे समुदायका व्यक्तिहरुलाई नमूना अभ्यास गरेर देखाईएको थियो ।
पूर्व सुचना कार्यदलका सदस्य अनिता चन्दले तालिममा विपद सम्बन्धी सैद्धान्तिक ज्ञानहरु हासिल गरे पनि नमूना अभ्यासमा पोख्न नभएको उल्लेख गर्नु हुदै यस कृतिम घटना नमूना अभ्यासबाट विपद आउन अघिको पूर्व सूचना दिने कार्य सिकेको बताउनु भयो ।

कृतिम घटना नमूना अभ्यासमा नेपाल प्रहरीका तालिम प्राप्त प्रशिक्षक, कृतिम घटना नमूना अभ्यासका परामर्शदाता रोशन चौधरी, नगरपालिकाको विपद शाखाको आपतकालीन सञ्चालन केन्द्रका बिरेन्द्रप्रसाद जोशी र एनएनएसडब्लुएका फिल्ड बेस परियोजना अधिकृत रिमा खनाल लगायतले नमूना अभ्यासमा सहभागी तीन वटै कार्यदल र समुदायलाई विपद आउन पूर्व, आइसकेपछि र विपद पश्चात अपनाउनु पर्ने कार्यहरु, सावधननी लगायतका बारे जानकारी दिनु भएको थियो । कृतिम घटना नमूना अभ्यासको कार्यमा स्थानिय बासिन्दाको उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।

नमूना अभ्यासको कार्य पश्चात कार्यक्रमको समिक्षा गरिएको थियो समिक्षामा स्थानिय समुदायले अझै नमूना अभ्यासको कार्यलाई निरन्ता दिनु पर्ने संगै यसकार्यले बाढीजन्य प्रकोपबाट धनजनको क्षति हुनबाट जोगाउन सकिने बताउनु भयो । खल्लागोठका ९० परिवार मध्ये ४५ परिवार मछेली नदीको बाढीको उच्च जोखिममा रहेका छन ।

ताजा समाचार