सुरक्षित आप्रवासन सम्बन्धी संचारकर्मीसंग छलफल

कञ्चनपुर : कञ्चनपुरकोे भीमदत्त नगरपालिकामा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे छलफल गरिएको छ । आइतबार भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धन शाखाको आयोजनामा आप्रवासन (सामी) कार्यक्रम बारे छलफल गरिएको हो । रोजगार प्रर्बद्धन शाखा प्रमुख कृष्ण बहादुर चन्दले गत पुषदेखि भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संचालन गरिएको बताए ।

उनका अनुसार श्रम स्वीकृतदेखिका बैदेशिक रोजगारीमा रहेका आफन्तलाई परामर्सका कार्यक्रम संचालन गरिएका छन ।
पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीमा जाने स्वयम नेपाली नागरिक संकटमा परिरहेको र यता घर परिवारमा समेत समस्या उत्पन्न भईरहेको अवस्थामा बैदेशिक रोजगारी सुरक्षित, मर्यादित बनाउने उदेश्यका साथ सरोकारवालासंग छलफल गरेको उनले बताए ।

भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धनशाखा सामी कार्यक्रमकी मनोसमाजिक परामर्सदाता निर्मला मल्लले नगरपालिकाभरी गएर बैदेशिक रोजगारीमा रहेका आफन्त, घर परिवारलाई सुरक्षित पार्न परामर्स दिईरहेको बताए ।
आप्रवासी सेवा केन्द्रका कार्यक्रम अधिकृत विष्णु अर्यालले कार्यपत्र प्रस्तुत गर्दै बैदेशिक रोजगारीलाई थप सुरक्षित पार्नका समाजमा समेत सकारात्मक सोच आवश्यक रहेको औल्याए ।

उनले सुचना तथा परामर्स, कानुनी परामर्स, कानुनी सहजिकरण, सीपमुलुक तालिम, मानोविज्ञान परामर्स, वित्तिय सजिकरण सहिता कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिए । भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीले बैदेशिक रोजगारी सरक्षणका लागि पालिकाले अघि सारेका कार्यक्रममा संचारकर्मीले समेत सकारात्मक भूमिका निर्वाहमा जोडदिएका छन।

ताजा समाचार