कञ्चनपुर : निःशुल्क योग विज्ञान शिविरको शुक्रबार पाचौं दिन विधिवत रुपमा समापन गरिएको छ । भीनपा–०४ वडा कार्यालयको आयोजना तथा पंतञ्जली योग केन्द्र कञ्चनपुरको सहआयोजनामा सिद्धनाथ योग साधाना केन्द्रद्वारा सञ्चालित निःशुल्क योग विज्ञान शिविर समपन्न भएको छ ।


जेष्ठ २६ गते बाट सञ्चालन भएको योग शिविर आज जेठ ३० गते पाचौं दिनमा विधिवत रुपमा सम्पन्न भएको हो । शिविरमा मधुमेह र उच्च रक्तचापलाई कम गर्ने योग क्रियालाई महत्व दिएको थियो । यस शिविरमा गराईने योगको सहयोगबाट मधुमेह र उच्च रक्तचापलाई कन्ट्रोल गर्न भुमिका खेल्ने विश्वास लिएको छ । शिविर अवधिमा प्रत्येक दिन विहान ४ः३० बजे देखि ६ः३० बजे सम्म दैनिक २ घण्टा योग शिवर सञ्चालन गरिएको थियो । शिविरमा महाकाली आर्युवेद अस्पतालद्वारा रक्त चाप तथा सुगरको जाँच पनि गरिएको थियो ।


‘प्रत्येक मानिस स्वस्थ्य रहनु पर्छ, स्वस्थ्य मानिसले समाज र देशको विकासको लागि काम गर्नुको साथै सभ्य समाज निर्माणको लागि पनि योग अपरिहार्य रहेकोले योग युवा देखि हरेक उमेरका व्यक्तिको लागि जरुरी रहेको प्रमुख अतिथी तथा भीनपा–४ का वडा अध्यक्ष शुशील कुमार भट्टले बताउनु भयो, वहाँले भन्नु भयो ‘यस प्रकारको योग शिविरले स्वास्थ्यमा सुधार हुनुको साथै आयु पनि बढाउने गर्दछ, आगामी दिनमा पनि योग साधनको लागि सहयोग गर्न आफु सधै तयार रहेको बताए ।’


होम यज्ञ पनि योग कै अङ्ग रहेकोले योगको साथ साथै होम यज्ञ पनि गरिने गरिन्छ । आज शिविरको समापनमा पनि विधिवत रुपमा मन्त्र उचारणका साथै होम गरिएको थियो । निःशुल्क योग विज्ञान शिविरको समापन कार्यक्रममा आयोजक रहेका भीनपा–४ का वडा अध्यक्ष सुशिल कुमार भट्टलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
सिद्धनाथ योग साधाना केन्द्रको निः शुल्क योग विज्ञान शिविरको समापन समारोहका सभापतित्व भीनपा नगर समितिका अध्यक्ष जनक राज बोहराले गर्नु भएको थियो, प्रमुख अतिथीमा भीनपा वडा नंं ४ का वडा अध्यक्ष शुशिल कुमार भट्ट रहनु भएको थियो भने विशिष्ट अतिथीमा योग समिति पंतञ्जलीका केन्द्रीय सदस्य लवराज भट्ट रहनु भएको थियो कार्यक्रम सञ्चालन पतञ्जली योग समिति नेपालका भीमदत्त नगर समितिका महासचिव महेश चन्दले गर्नु भएको थियो ।






