कञ्चनपुर : टिप्परकोे ठक्करबाट कञ्चनपुरको शुक्लाफाँटा नगरका एक युवाको अकालमै ज्यान गएको छ । बिहीबार पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा मालबहाक टिप्परको ठक्करले शुक्लाफाँटा नगरपालिका ११ दिपनगरकै स्थानीय युवा धिरेन्द्र थापाको मृत्यु भएको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले म१क२३३ नम्बरको टिप्परको ठक्करले सुपप्र ०३०३७ प २१७३नम्बरको मोटरसाईकलमा सवार थापा घाईते भई उपचारका लागि महाकाली अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । चालक सुरज राना र टिप्पर प्रहरी नियन्त्रमा छ ।

घटनाको अनुसन्धान भईरहेकोे प्रहरीले जनाएको छ । थापाको केही समय अघि एङगेजमेन्ट भएको थियो । अकालमै ज्यान गएपछि घर परिवार आफन्त शोकाकुल भएका छन । घटनाकोे सत्यतथ्य छानबिनको घर परिवारले माग गरेका छन ।







