विपदबाट बच्न दोधारा चाँदनीमा कृत्रिम घट्ना नमुना अभ्यास

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपदबाट बच्न कृतिम अभ्यास गरिएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल कञ्चनपुर, नेपाल रेडक्रस सोसाईटी लगाएतको सहयोग र सहकार्य तथा कुतियाकवर विपद् व्यवस्थापन समिति दोधारा चाँदनीको आयोजनमा समुदायमा आधारित बाढी पुर्व तयारी कृत्रिम घट्ना नमुना अभ्यास सम्पन्न गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियावकर नजिक रहेको महाकाली नदीमा समुदायमा आधारित बाढी पुर्व तयारी कृत्रिम घट्ना नमुना अभ्यास सम्पन्न गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्टले बताउनुभएको छ् ।

उहाँले मनसुन पूर्वको खोज उद्धार हुनसक्ने जोखिम कम गर्न विपद् प्रतिकार्य अभ्यास प्रभावकारी हुने बताउनुभयो । कृत्रिम अभ्यासले सचेतना संगै उद्धार कार्यमा सहयोग पुग्ने मन्त्री रघुनाथ भट्टले बताउनुभयो । कृत्रिम अभ्यासमा कुतियाकवर विपद् व्यवस्थापन समितिका पदाधिकारी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, नेपाल राष्ट्रिय समाज कल्याण संघ, निड्स नेपाल लगाएत स्थानियबासीहरुको सहभागिता थियो । कुतियावकर विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक टेक बहादुर सुनारले नमुना घट्ना अभ्यासले बाढी आएको बेला उद्धार तथा विपद् व्यवस्थापनमा ठुलो मद्धत पुग्ने बताउनुभएको छ् ।

बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरुको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुनरस्थापन तथा व्यवस्थापन जस्ता गतिविधिहरु नमुना अभ्यासका रुपमा प्रस्तुत गरिएका थिए ।

नमुना अभ्यास पछि आयोजित समीक्षाका क्रममा स्थानीय समुदायका व्यक्तिहरुले उक्त अभ्यासबाट विपद्को तिन चरणमा गर्नुपर्ने कार्यको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिनुभएको छ ।

विपद्को समयमा समुदाय स्तरमा कार्य गर्न थप सहज हुने अभ्यासमा सहभागीहरुको भनाई छ् ।

ताजा समाचार

spot_img