जुनियर युवा रेडक्रस सर्कलका लागि लागू औसत दुर्व्यसनी तथा रेडक्रस अभियान सचेतना कार्यक्रम सम्पन्न


खडक बहादुर कोली / कञ्चनपुर : भीमदत्त नगरपालिका १६ नम्बर वडा कार्यालयको आर्थिक सहयोग नेपाल रेड क्रस सोसाइटी महाकाली उपशाखा बाँसखेडाको आयोजनामा जुनियर युवा रेडक्रस सर्कलका लागि लागू औसत दुर्व्यसनी तथा रेडक्रस अभियान सचेतना कार्यक्रम सम्पन्न भएको छ। जेठ २८ गते १६ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका ५, ११, १३, १४, १६ र १७ वडाका विद्यार्थी र शिक्षकहरूलाई लागू औषध दुर्व्यसनीसम्बन्धी जनचेतना गराइएको १६ नम्बर वडाका वडा अध्यक्ष केशव सिंह बिस्टले बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी रहेका थिए। उनले लागू औषधबाट बालबालिकालाई बचाउन सबैले सहयोग गर्नुपर्ने बताए केवल एक व्यक्ति वा संस्थाले यसलाई नियन्त्रण गर्न नसकिने भएकोले अभिभावक, शिक्षक, सहयोगको आवश्यकता रहेको र भिमदत्त नगरपालिकाले जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको र बाँकी रहेका वडाहरुमा पनि कार्यक्रम गरिने बताए नगरपालिकाबाट हुनसक्ने सक्दो सहयोग गरिने बताए। कार्यक्रममा विशिष्ट अतिथि १६ र १३ का वडा अध्यक्ष द्वय केशव सिंह बिष्ट र रामबहादुर बोहरा (झक्कास) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरा रहेका थिए। लागू औषध नियन्त्रण गर्नमा आआफ्नो ठाउँबाट सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरालाई सम्मान गरिएको छ। भीमदत्त नगरपालिका १६ नम्बर वडा कार्यालयमाको सभाहलमा नेपाल रेड क्रस सोसाइटी महाकाली उपशाखा बाँसखेडाको आयोजना गरेको लागू औषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी भएका बोहरालाई भिन्नता नगरपालिका १३ र १६ वडाका वडा अध्यक्षद्वय राम बहादुर बोहरा र केशव सिंह बिष्टले कार्य कक्षमै बोलाएर सम्मान गरेका हुन। सम्मान गर्ने क्रममा खुल्ला सिमाना भएका वडाहरू भएकोले लागू औषध ओसार पसार र दुर्व्यसनी धेरै समस्या भएको र सुरक्षाको सङ्ख्या कम भएको र अर्कोतिर यातायातको साधन नभएकोले सुरक्षाकर्मीले साइकलमा गस्ती गर्नुपर्ने बाध्य भएकोले चोर भागिहाल्ने गस्तीका लागि मोटरसाइकल र सुरक्षाकर्मी थप्नुपर्ने माग राखेको अध्यक्ष रामबहादुर बोहराले प्रहरी नायब उपरीक्षक सागर बोहरालाई जानकारी गराएको बताएका छन्।


ताजा समाचार

spot_img