दोधारा चाँदनी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । ‘पुर्णखोप पाउने सबै वालवालिकाको नैसर्गिक अधिकार हो’ नारा सहित पुर्णखोप नगरपालिका सुनिश्तिता तथा दिगोपन घोषणा सभा सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आथित्व र दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुको सभापतित्वमा सञ्चालन भएको पुर्णखोप नगरपालिका सुनिश्तिता तथा दिगोपन घोषणामा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, वडाध्यक्ष, पत्रकार महासंघ कञ्चनपुरका सभापती सुरेश धामी लगाएत जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, महिला सवयम् सेविका, स्वास्थ्यकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रुपमा सञ्चालन गर्न आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने महिला स्वास्थ्यकर्मी, कर्मचारीलाई धन्यवाद दिदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको उहाँले बताउनुभएको छ् ।

नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको कार्यक्रममा बताईएको छ् । स्थानीय तहका महिला स्वयम्सेविका, स्वास्थ्यकर्मीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउदै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले सबैलाई धन्यबाद दिनुभएको छ् । नेपाल सरकारले तोकेका सम्पूर्ण सूचकहरु पूरा गर्दै कुनै पनि बालबालिका नछुटाएर खोप अभियान सञ्चालन गरेको भन्दै दोधारा चाँदनी नगरपालिकाम पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकोमा बधाई दिनुभएको छ् ।

पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्नुअघि दोधारा चाँदनी नगरपालिकाको प्रत्येक घरधुरीमा महिला स्वायम्सेविका, स्वास्थ्यकर्मी पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको बताईएको छ् ।

पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा सभा कार्यक्रममा वडाध्यक्ष, स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाले जनाएको छ् ।

ताजा समाचार