आरक्षपीडित काठमाडौं भोक हड्तालमा : बम आयोगको प्रतिवेदन कार्यान्वयन गरेर पुर्नस्थापना गर्न माग


काठमाडौ : कञ्चनपुरका आरक्ष पीडितले पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा भोक हड्ताल थालेका छन् । शुक्लाफाँटा आरक्षपीडित केन्द्रीय संघर्ष समितिको आयोजनामा पीडितका अगुवाहरुले सोमबारदेखि काठमाडौंको सिफलमा भोक हड्ताल सुरु गरेका हुन् । काँग्रेस सभापति समेत रहेका तत्तकालिन प्रधानमन्त्री शेर बहादुर देउवाका पालामा ०५८ सालमा कञ्चनपुरका विभिन्न स्थानबाट विस्थापित पीडितहरुले २४ वर्ष वित्दा पनि पुनस्र्थापना नभएको र राज्यले आश्वासन दिएर अल्झाउने काम गरेको भन्दै हड्ताल सुरु गरेका छन् ।

पीडितहरुले खोसिएको सम्पत्र् फिर्ता गर्नुपर्ने, पीडितको पुनस्र्थापना गर्नुपर्ने, ३४औं आयोगले दिएको प्रतिवेदनको अनुसूची (ठ) लागु गर्नुपर्ने, दिवान सिंह विष्टको पालामा विद्यानाथ अधिकारीले तोक लगाएको प्रतिवेदन पास गर्नुपर्ने, सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । पुनस्र्थापनाको क्रममा कम्तिमा १० कठ्ठा जमिन दिनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने, उठिवास गर्दा जलाइएको घरगोठ दिनुपर्ने माग गरिएको छ ।

शुक्लाफाँटा आरक्ष पीडित केन्द्रीय संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले सरकारले माग सम्बोधन नगर्दासम्म हड्ताल जारी रहने बताए । ‘०५८ सालमा विस्थापित भएका हामीहरु आश्वासनको भरमा यहाँसम्म पुग्यौं । सरकारले यसो गर्छौं भन्यो । तर गर्ने बेला सरकार भेटिएन । यो (भोक हड्ताल) गर्दा कतै सरकार भेटाउँछ कि भन्ने आशाले बसेको हो,’ उनले भने । १० कठ्ठा जग्गा र २४ वर्षको क्षतिपूर्तिको आफूहरुको मुख्य माग भएको अध्यक्ष चन्दले बताए ।

यस अघि सुरेश बहादुर बम आयोगले प्रति परिवार १० कट्टा जमिन वा ६०लाख क्षतिपूर्ति दिने निर्णय समेत सरकारले कार्यान्वयन नगरेको भन्दै आक्र्रोसित भएका छन । बम आयोगको प्रतिवेदन मात्रै पनि सरकारले कार्यान्वयन गरेको भए आजसम्म पीडितकोे समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका छन । आफूहरु एक महिनादेखि काठमाडौं आएर नेताहरुको घर धाउँदा धाउँदा सुनुवाइ नभएपछि भोक हड्तालमा बस्न बाध्य भएको उनको भनाइ छ । आरक्षपीडितको पुर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी नरकीय जिवन विताउन बाध्य भएका छन ।


ताजा समाचार

spot_img