कञ्चनपुर : कञ्चनपुरको सीमावर्ती बेलौरी क्षेत्रमा एक प्रहरीमाथि कुटपिट भएको छ । ईलाका प्रहरी बेलौरी मातहत रहेकोे पचुई प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धीर बहादुर चन्दमाथि कुटपिट भएको हो । असई चन्दमाथि २१ जेठमा कुटपिट भएपनि कुटपिट भएको भिडियो सातापछि समाजिक सञ्जालमा फाईरल भईरहेकोे छ । समाजिक सञ्जालमा तस्कर समुहबाटै प्रहरी दिनदाहदै कुटपिटमा परे भन्दै पोष्ट भएको भिडियो भाईरल भईरहेको छ ।

२१जेठ बिहान करिब ८/९बजेतिर पचुई चौकी इन्चार्ज चन्द कलकत्ता बजार पुग्छन, त्यहाँ कलाराम चौधरी युवकले एक बोरा मल ल्याउँछन । उक्त मल बरामद गरेर प्रहरी चौकी आउ क्रममा स्थानीय व्यवसायी राहुल राना लगायतले किसानले मल ल्याउन नपाउने भन्दै विवाद गरेर मल खोस्न खोज्छन, विवाद गर्दछ । प्रहरी बल नदिएपछि कुटपिट र कपडा च्यातिदिन्छन । यो क्रममा प्रहरी चौकी इन्चार्ज चन्दकोे भित्रिबस्त्र गन्जी समेत च्यातिदिन्छन । सोही दिन ईप्रका बेलौरीका इन्चार्ज भाष्कर चन्द सहितको उपस्थितिमा एक आपसमा छलफल गरेर घटना मिलापत्र गरेको पाईन्छ ।

गैर कानुनी रुपमा ल्याएको मल बरामद गरेका प्रहरीमाथि कुटपिटकोे यो घटना एक आपसमा माफि मागेर टुङगिन्छ ।
छलफलकै क्रममादेखि अहिलेसम्म गाँउमा व्यवसायीहरुले एकातिर प्रहरीले महिनावारी रकम संकलन गर्ने, अर्कातिर समान बरामद गर्ने भन्दै प्रहरी बिरुद्ध आक्र्रोस पोखिरहेका छन । नेपाल सरकारले मल दिन नसक्ने भारतबाट ल्याउँदा समेत एक बोरा पनि बरामद गर्ने भन्दै आक्र्रोसित स्थानीय असई चन्द बिरुद्धमा खनिन्छन । पचुई चौकी इन्चार्ज धीर बहादुर चन्दले आफुले एक महिना अघि मात्रै कार्यभार सम्हालेकोे बताए । ‘म त्यो दिन पनि कलकत्ता बजार गएको थिए, त्यहाँ मुख नखोलेको मलको बोरा ल्याईरहेका युवकलाई रोकेर घरकै लागि भनेर कति ल्याउँछौँ भन्दै त्यो मल बरामद गरेर चौकी ल्याउँदैथिए, मेरो स्टापले बाईक चलायो, मैले बाईकमा मलको बोरा राखेको थिए, मबाईकमा चढन पाएन, केही दिन अघि मात्रै राहुल रानाकोे समान बरामद गरेकोे थिए, उनले नै ममाथि चार्ज गरे त्यहाँ भएका अरुले पनि गरे, त्यही दिन चौकी आएर एक आपसमा माफि मागेर घटना मिलापत्र गराईयो ।’

स्थानीयले प्रहरीले नगददेखि भौतिक समान माग्ने नदिने व्यवसायीलाई निसाना बनाएर समान बरामद गर्ने, दुख दिनै आएको आरोप लगाउँदै आएका छन । असई चन्दमाथि पनि त्यहाी आरोप छ । असई चन्दले आफुले कुनै पनि व्यवसायीसंग लाईन नखाएको र खाएकोे प्रमाण ल्याए कार्बाही भोक्न तयार रहेको बताए । आफुमाथि लाईन खाएको पेट्रोल सहितका भौतिक समान मागेको आरोप झुटा भएको दावि गरेका छन । घरका लागि ल्याएको एक बोरा मल बरामद गरेर प्रहरीले के गर्न खोजेको देखि राष्ट्रसेवक प्रहरीको बेईजती हुने गरेर कुटपिट कार्य निन्दनिय भएको टिकाटिप्पणी भईरहेको छ ।
तस्करी हुने बेलौरी क्षेत्रमा प्रहरीले व्यवसायीबाट रकम लिएर तस्करी गराउँछन भन्ने आरोप अझै निर्मुल भएको छैन । भिडियो बाहिरिएपछि जिल्ला प्रहरी कञ्चनपुरले चासो राखेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले भिडियो बारे छलफल गरेर अघि बढ्ने बताए ।






