भीमदत्त नगरपालिका १८ का वडा सदस्य बस्नेतद्वारा ५५ पटक रक्तदान


कञ्चनपुर :  कञ्चनपुरको एक स्थानीय तहका जनप्रतिनिधीले दर्जनौँ पटक रक्तदान गरेका छन । भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले हालसम्म ५५औँ पटक रक्तदान गरेका हुन । ‘रक्तदान जिवन दान’ भन्ने सिद्धान्त अनुरुप वडा सदस्य बस्नेतले रक्तदान गर्दै आएका छन ।

वडा सदस्य हेम बहादुर बस्नेतले मंगलबार पनि नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर शाखामा रक्तदान गरेका छन । उनले आफुले तीन तीन महिनामा रक्तदान गर्दै आएको बताए । सम्भवत कञ्चनपुरमै सबैभन्दा बढि रक्तदान गर्ने वडा सदस्य बस्नेत नै भएको देखिन्छ । खेलाडी समेत रहेका वडा सदस्य बस्नेतले आफुले गरेको रक्तदान बाफत बिरामीलाई आवश्यक हुने भएकाले समाजिक कार्यका लागि रक्तदान गर्दै आएको बताए ।


ताजा समाचार

spot_img