कञ्चनपुर : कञ्चनपुरका होटल तथा पर्यटन व्यवसायीलाई आथित्यता व्यवस्थापन तालिम दिईएको छ । आइतबारदेखि महेन्द्रनगरमा होटल तथा पर्यटन व्यवसायीलाई आथित्यता व्यवस्थापन तालिम दिईएको हो । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले होटल व्यवसायी संघको आयोजनामा होटल क्षेत्रमा आउने पर्यटकको स्तरिय स्वागतका लागि तालिम संचालन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिमका नौ वटा जिल्लाबाट होटल संचालक, पर्यटनको क्षेत्रमा कार्य गर्ने विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको छ । अध्यक्ष रेग्मीले आफुहरु सेवा मुलक व्यवसायी भउका नाताले सेवा लिन आउनु हुने अतिथीहरुलाई सेवा सत्कार कसरी गर्ने, अर्कौ पटक आउँदा कस्तो वातावरण बनाउन भन्ने उदेश्यले यो तालिमको आयोजना गरिएको बताए ।

तालिमको उद्घाटन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सेवाग्राहीहरुले निर्वाध रुपमा होटलमा विषेश आतिथ्यता सममानको साथमा रमाउन र खान बस्न पाउँनु पर्ने बताए । सकारात्मक दृष्टिकोण राखेर सेवाग्राहीलाई होटल संचालक र कामदारहरुले सेवा दिनुपर्ने, एक पटक आउका व्यक्तीहरुले पुनः फर्किएर त्यही होटलमा आउने वातावरणको निर्माण गर्नूपर्ने बताउनु भयो । कुनैपनि नयाँ क्षेत्रमा गएका पर्यटकहरु, सेवाग्राहीहरुले फेरी त्यही ठाँउमा जानुपर्दा राम्रो आतिथ्यता पाएको सम्मान पाएको होटलमा फेरी बस्न रुचाउने बताए । होटल व्यवसायीहरुलाई अति आवस्यक रहेको यो २ दिने तालिमले होटल तथा पर्यटनको क्षेत्रमा काम गरीरहेका व्यवसायीहरुलाई अझैँ बढी सक्रिय बताए ।

होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश प्रशाद जोशीले होटलमा कार्यरत व्यवस्थापक, कर्मचारीहरुले अतिथीहरुलाई सकारात्मक व्यवहार, सम्मान र अतिथीहरुलाई रिझाउन सक्ने वातावरण बनाउनु पर्ने बताए । आफनो होटलमा बारम्बार आउन मिल्ने सत्कार आतिथ्यता दिन सक्नुपर्ने र व्यवसायीलार्य नै यसको फाईदा पुग्ने बताए । होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव नवराज जोशीले होटल र पर्यटन व्यवसायीहरु सुदूरपश्चिममा धेरै रहेपनि हामीले सिक्नुपर्ने धेरै विषय रहेको बताउनु भयो । तालिम सोमबारसमापन हुने जनाएको छ ।

