कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकलाई तालिम लिएको छ । बेदकोट नगरपालिका २ जडेपानीको बैजनाथ माध्यामिक विद्यालयले शिक्षकलाई तालिम दिएको हो । बैजनाथ माध्यामिक विद्यालयले आफ्नै विद्यालयका शिक्षकलाई शिक्षण सिकाई अभिबृद्धि गर्दै शैक्षिक सुधारका लागि तालिम संचालन गरेको जनाएको छ । तालिमका प्रशिक्षक समेत रहेका विद्यालयका प्रद्यानाध्यापक नवराज पन्तले तीन दिने तालिमको आइतबार समापन गरिएको बताए । प्रअ पन्तले शिक्षकहरुलाई समेत शिक्षण सिकाई सम्बन्धीत थप पुर्नताजिकीकरण तालिम दिए थप उनीहरुमा निखार ल्याउनका लागि तालिम संचालन गरिएको बताए ।

‘पछिल्ला दिनहरुमा शिक्षण सिकाईमा नयाँ नयाँ प्रविधि, ज्ञान सीपको विकास भएको छ, ‘प्रअ पन्तले भने, ‘शिक्षकहरुमा समेत अपटेड गराउन तालिम संचालन गरेका हौँ ।’ सहायक प्रद्यानाध्यापक थिरेन्द्रचन्द्र भट्टले स्वागत मन्तव्य राख्दै तालिममा सिकेका विषयबस्तु व्यवहारिक शिक्षण सिकाईमा प्रयोग गर्नुपर्नेमा जोडदिएका थिए । तालिम दुर्गा मावि जनकबस्तीका प्रद्यानाध्यापक बिरेन्द्र सिह कार्की, बेदकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पदमराज भट्ट, लेखा अधिकृत राजेन्द्र सिह भाट, आलेप अधिकमृत केशवराज भट्ट, सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हरिसिह साउद्ले प्रशिक्षण दिएका थिए । यस्तै विद्यालयमा कार्यरत शिक्षक प्रशिक्षक कुलदिप खत्री, रपवन्द्र भण्डारी, पुष्करराज पनेरु, बीरसिह धामी, देवेन्द्र सिह साउद, महादेव भट्ट, ललित सिह साउद, मदन राज बैजले समेत आ–आफ्नो प्रस्तुत गरेका थिए ।

शिक्षकका लागि विद्यालयले संचालन गरेको तालिमप्रति शिक्षक उत्साहित भएका छन । ३३ शिक्षक सहभागि रहेको तालिम आइतबारसम्मै संचालन हुनेछ । तालिम उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका विद्यालयका अध्यक्ष तथा बेदकोट नगरपालिका २का वडाध्यक्ष नरेश बहादुर सिहले तालिमबाट थप शिक्षण सिकाईमा अभिबृद्धि भई विद्यार्थीलाई समेत लाभ हुने बताए । शुक्रबारदेखि शुरु भएको तालिम एक कार्यक्रमका विच आइतबार समापन गरिएको छ ।

