शिक्षण सिकाई अभिबृद्धिका लागि शिक्षक तालिम


कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयले शिक्षकलाई तालिम लिएको छ । बेदकोट नगरपालिका २ जडेपानीको बैजनाथ माध्यामिक विद्यालयले शिक्षकलाई तालिम दिएको हो । बैजनाथ माध्यामिक विद्यालयले आफ्नै विद्यालयका शिक्षकलाई शिक्षण सिकाई अभिबृद्धि गर्दै शैक्षिक सुधारका लागि तालिम संचालन गरेको जनाएको छ ।

शुक्रबारदेखि विद्यालयमै तालिम संचालन गरिएको उक्त विद्यालयका प्रद्यानाध्यापक नवराज पन्तले बताए । प्रअ पन्तले शिक्षकहरुलाई समेत शिक्षण सिकाई सम्बन्धीत थप पुर्नताजिकीकरण तालिम दिए थप उनीहरुमा निखार ल्याउनका लागि तालिम संचालन गरिएको बताए । ‘पछिल्ला दिनहरुमा शिक्षण सिकाईमा नयाँ नयाँ प्रविधि, ज्ञान सीपको विकास भएको छ, ‘प्रअ पन्तले भने, ‘शिक्षकहरुमा समेत अपटेड गराउन तालिम संचालन गरेका हौँ ।’

तालिम उद्घाटनका सभापति समेत रहेका प्रअ पन्तले तालिमबाट शैक्षिक गुणस्तर बृद्धिमा अपेक्षा राखेका छन । तालिम उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका विद्यालयका अध्यक्ष तथा बेदकोट नगरपालिका २का वडाध्यक्ष नरेश बहादुर सिहले तालिमबाट थप शिक्षण सिकाईमा अभिबृद्धि भई विद्यार्थीलाई समेत लाभ हुने बताए । सहायक प्रद्यानाध्यापक थिरेन्द्रचन्द्र भट्टले स्वागत मन्तव्य राख्दै तालिममा सिकेका विषयबस्तु व्यवहारिक शिक्षण सिकाईमा प्रयोग गर्नुपर्नेमा जोडदिएका छन ।

शिक्षक प्रतिनिधी बीरसिह धामीले संचालन गरेको पहिलो दिनको तालिम दुर्गा मावि जनकबस्तीका प्रद्यानाध्यापक बिरेन्द्र सिह कार्कीले प्रशिक्षण दिएका थिए । अन्य दिनमा समेत शिक्षा क्षेत्रका विज्ञ, जानकारबाट प्रशिक्षण दिईनेछ । शिक्षकका लागि विद्यालयले संचालन गरेको तालिमप्रति शिक्षक उत्साहित भएका छन । ३३ शिक्षक सहभागि रहेको तालिम आइतबारसम्मै संचालन हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img