कञ्चनपुर : कञ्चपुरको भीमदत्त नगरपालिका १८गोबरैया महेन्द्रनगर स्थित निङ्गलाशैनी माध्यामिक विद्यालयका दुई शिक्षक, शिक्षिकाको विदाई गरिएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमका विच अनिवार्य अवकासमा गएर शिक्षक बिश्राम भट्ट र शिक्षिका डा. गितादेवी भट्टको विदाई गरेको हो ।

विद्यालयका तीन दशक बढि निरन्तर अध्यापन गरेका शिक्षिका डा. गितादेवी भट्ट निमावि प्रथम र अर्का शिक्षक बिश्राम भट्ट प्राथमिक तह द्वितिय रहेका छन । गिताले ३१ र बिश्रामले ३५ बर्ष विद्यालयमा सेवा गरेका छन । उनीहरुको एक कार्यक्रमका विच विद्यालयले भव्य रुपमा स्वागत गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रशाद भट्टले शिक्षक, शिक्षिकाको विद्यालयले सम्मानका साथ विदाई गरेको बताए ।

‘उहाँहरुले यस विद्यालयमा शैक्षिक उन्नती प्रगतिका लागि गरेको योगदानको उच्च कदर गर्दै हामीले सम्मान गरेका छौँ, ‘उनले भने, ‘बाँकी जिवनको कामना गरेका छौँ ।’ अध्यक्ष भट्ट सहित प्रद्यानाध्यापक घनश्याम भट्ट सहितका शिक्षक, विद्यार्थी, अभिभावकले सम्मान गर्दै विदाई गरेका छन ।







