सहकारीका अध्यक्ष र व्यवस्थापकलाई राष्ट्रिय सहकारी नियमन मापदण्ड बारे अभिमुखिकरण


कञ्चनपुर : कञ्चनपुरका सहकारीका प्रबन्धक, अध्यक्षलाई राष्ट्रिय सहकारी नियमन मापदण्ड बारे अभिमुखिकरण गराईएको छ । कोअपरेटिभ म्यानेर्जस क्लबको आयोजनामा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा जिल्लाका सहकारीका प्रबन्धक, अध्यक्षलाई राष्ट्रिय सहकारी नियमन मापदण्ड बारे अभिमुखिकरण गराईएको हो । कोअपरेटिभ म्यानेर्जस क्लबका अध्यक्ष सुनिल सेट्टीले राष्ट्रिय सहकारी नियमन प्राविधिकरणद्वारा जारी गरिएको मापदण्ड बारे सहकारीका व्यवस्थापक, अध्यक्षहरुलाई नियमन बारे सुसुचित, जानकारी गराउने उदेश्यले छलफल गराएको बताए ।

‘यो नियमावली बारे सबै सहकारी, व्यवस्थापक, अध्यक्ष एव संचालकहरुलाई जानकारी छैन, ‘उनले भने, ‘यसबारे थप जानकारी गराउन खोजेका हौँ ।’ नियमावली बारे अन्यौलता छाएकाले अस्पष्टता दुर गर्नका छलफल, अन्तरकृयाका माध्यामबाट जानकारी गराएको बताए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले नेपाल राष्ट्र बैंक र प्राधिकरण समेतद्वारा जारी निर्देशन, चुनौती र सम्भावना बारे सम्बन्धीत सहकारीका अध्यक्ष, व्यवस्थापकहरुलाई जानकारी गराईएको बताए । उनले बचत तथा ऋण सहकारीले गर्ने कारोबार बारे नियमन बारे जानकारी गराएर नियमन गर्न खोजिएको बताए । सहकारीका समस्या संकलन गरेर माथिल्ला नीतिगत तहमा हुने निकायबाट समाधान गरिने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उदयदेब बहुदेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले पछिल्ला दिनहरुमा सहकारीमा देखिएका विद्यमान समस्या समाधानमा जोडदिएका छन । निङलाशैनी सहकारीका प्रबन्धक प्रेमसिह भाटले यही गतीले सहकारी अघि बढ्न नसक्ने बताए । राष्ट्रिय सहकारी दुग्धका केन्द्रीय संस्थानका सदस्य भरत विष्टले सरकारी सरक्षणमा जोडदिएका छन । कार्यक्रममा जिल्लाका विभिन्न सहकारीका अध्यक्ष, प्रबन्ध सहितका संचालक, कर्मचारीहरुको सहभागिता रहेकोे थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img