कञ्चनपुर:: कञ्चनपुरको एक निजी अस्पतालले भाँचिएको मेरुदण्डकोे सफल सल्यक्रिया (अप्रेसन) गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक युवकको मेरुदण्डको सफल अप्रेसन गरेको हो ।

मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले अस्पताल स्थापनाको पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन गरेको बताए । डा.रोकायाका अनुसार ९ जेठ ०८२मा बुटबलदेखि महेन्द्रनगर आउने क्रममा सवारी साधन(बस) दुर्घटनामा परेर घाईते भएका बेदकोट नगरपालिका १का ३१ बर्षिया धिरेन्द्र खत्रीको मेरुदण्ड भाँचिएको थियो ।

घाईते खत्रीले कोहलपुर मेडिकल कलेजमा एमआरआई गर्दा मेरुदण्ड टुटेको देखिएपछि उपचार गर्न मन्त्र अस्पताल आएका थिए । खत्रीको हालै अर्थोपेडिक डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामी लगायतको चिकित्सक टोलीले सफल अप्रेसन गरेका छन । स्थानीय स्तरमै रहेको अस्पतालमा सफल अप्रेसन गरेपछि खत्री परिवार समेत हर्षित भएका छन । कम खर्च, स्थानीय अस्पतालमै उपचार भएपछि घाईते खत्री परिवार हर्षित भएका हुन ।

घाईते खत्रीलाई केही दिन चिकित्सककै निगरानीमा उपचार गर्नुपर्ने भएकाले मन्त्र अस्पतालमै राखिएको छ । यस अघि पनि अस्पतालले जटिल जटिल प्रकृतिका बिरामीको अप्रेसन बिधीबाट उपचार गरेको थियो । यसका साथै समाजिक उत्तरदायित्व अन्र्तरगत निःशुल्क शिबिरदेखिका स्वास्थ्य उपचारका कार्यक्रम गर्दै आएको छ ।






